डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला
बैशाख १३, २०८१ बिहिबार
दाङ – दाङको प्रदेशसभा ३ (ख) को उपचुनावको मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपाले नेकपाकी उम्मेदवार विमलाकुमारी खत्री (वली)ले २ हजार ७ सय ४३ मत प्राप्त गर्नुभएको छ ।
उहाँलाई पछ्याइरहनुभएका कांग्रेसका उम्मेदवार केशवराज शर्माले १ हजार ९ सय ३३ मत प्राप्त गर्नुभएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा मतगणना बिहान ९ बजेबाट सुरू भएको हो ।
जम्मा ६८ हजार ७ सय १९ जना मतदाता रहेको यो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको थियो । जसमा ३० हजार १ सय २८ जना पुरुष र २५ हजार ५ सय ९० जना महिलाले मतदान गरेका थिए ।