पुल अलपत्र पार्ने पप्पुसँग ठेक्का तोडियो, धरौटी जफत, साढे ६ करोड जरिवाना

 मंसिर १५, २०७६ आइतबार १४:६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मध्यपहाडी राजमार्गमा पुल निर्माण अपपत्र पार्ने पप्पु/नेपाल प्रगति जेभीसँग ठेक्का सम्झौता तोडिएको छ । 

पटक–पटक चेतावनी दिँदा पनि २ वटा निर्माण पूरा नगरेको भन्दै मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलले कालोसूचीमा राखेर धरौटीसमेत जफत गर्ने निर्णय गरेको हो । यसको लागि कार्यालयले सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई सिफारिस गर्ने मध्यमहाडी राजमार्ग कार्यालयले जनाएको छ ।

पप्पु/नेपाल प्रगति जेभीले खुर्कोट घुर्मी सडक अन्तगरत खाङसाङ र सोलुखोलामा पुल बनाउन २०६८ सालमा सम्झौता गरेका थिए । तर पटक–पटक स्पष्टिकरण सोध्दा चित्त बुझ्दो स्पष्टिकरण नदिएको र काम सुरु नगरेकाले ठेक्का तोडिएको आयोजनाले जनाएको छ ।

सम्झौता गर्दा राखेको धरौटी रकम पनि जफत गर्ने र ६ करोड ६० लाख २२ हजार रुपैयाँ जरिवाना भराउने पनि आयोजनाले जनाएको छ । ३५ दिनभित्र ६ करोड ६० लाख रुपैयाँ सरकारको खातामा नबुझाए पप्पु/नेपाल प्रगति जेभीको अरु सम्पत्तिबाट असुल गरिने पनि आयोजनाले जनाएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया