महाेत्तरीकाे बलवा ८ मा समाजवादी पार्टी विजयी

 मंसिर १५, २०७६ आइतबार १४:२२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी - महोत्तरीको बलवा नगरपालिका वडा नम्बर ८ मा समाजवादी पार्टीका उम्मेद्वार विजयी भएका छन् ।

समाजवादी पार्टीका रामबाबु महतो ६ सय ६९ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका निर्वल यादवले ३ सय ४६ र नेकपाका लक्ष्मेश्वर यादवले २ सय ११ मत प्राप्त गर्नुभयो ।

बलवा नगरपालिका ८ मा यसअघि तत्कालीन संघीय फोरमबाट निर्वाचित भएका लोकेन्द्र महतोको हृदयाघातका कारण निधन भएको थियो । बलवा नगरपालिका-२ मा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भैसकेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया