बागलुङ-२ को प्रारम्भिक मत परिणाम : कांग्रेसको अग्रता, रातिसम्ममा अन्तिम परिणाम आउने अपेक्षा

 मंसिर १५, २०७६ आइतबार १४:४६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

बागलुङ - बागलुङ क्षेत्र नम्बर-२ को प्रदेश ख मा भएको उपनिर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । 

आइतबार मध्यान्हदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसा ढोरपाटन नगरपालिका-१, बुर्तिबाङको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जित शेरचनले ५ सय २५ मत प्राप्त गर्नुभएकाे छ। यस्तै, बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीले ३ सय ८६ मत प्राप्त गर्नुभएकाे छ। 

समाजवादी पार्टीका अशोक विकले ७०, बागी उम्मेदवार शेरमान घर्तीको क्लिप चिन्हमा ९, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले ६ तथा राप्रपा संयुक्तका निमबहादुर भण्डारीले २ मत प्राप्त गरेका छन् ।अहिलेसम्म १० मत बदर भएको भेटिएकाे छ ।

वडागत रुपमा गणना सुरु गरिएकोमा ढोरपाटन नगरपालिका-१ पछि तमानखोला गाउँपालिकाको वडा नम्बर १ को मतगणना सुरु भएको छ ।

कुल ३५ हजार १ सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २१ हजार ४ सय मत खसेको छ । अघिल्लो निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आइतबार राति अबेरसम्ममा अन्तिम मत परिणाम आउने जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया