प्रधानमन्त्री ओलीकाे स्वास्थ्यलाभकाे कामना गर्दै भारत तथा भुटानका प्रधानमन्त्रीकाे शुभेच्छा

 मंसिर १५, २०७६ आइतबार १७:३८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भुटानी प्रधानमन्त्री डा. लोते छिरिङले चासो राख्नुभएको छ । 

मोदी र छिरिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभेच्छा सन्देश पठाउनुभएको हो । 

भारत र भुटानी प्रधानमन्त्रीले छुट्टाछुट्टै शुभेच्दा सन्देश पठाएर प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

स्वास्थ्यमा क्रमिक सुधार भए पनि संक्रमण हुने डर भएकाले अझै कम्तीमा एक हप्ता अस्पतालको सघन उपपचार कक्ष अर्थात आईसीयूमै राखेर उपचार गरिने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

उहाँको मृगौलामा समस्या भएपछि नियमित डायलासिस पनि गरिँदै आएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया