महोत्तरीकाे पिपरा गाउँपालिकाकाे अध्यक्षमा नेकपाका उम्मेदवार विजयी

 मंसिर १५, २०७६ आइतबार १७:५५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

महोत्तरी - महोत्तरीकाे पिपर गाउँपालिकामा रिक्त रहेकाे अध्यक्ष‍ पदमा नेकपाका उम्मेदवार विजयी हुनुभएकाे छ ।

 

नेकपाका विक्रम चौधरीले ३ हजार २ सय ४९ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले ३ हजार ३८ मत पाउनुभयो । राष्ट्रिय जनता पार्टीका रबिता चौधरीले २ हजार ९ सय ८४ तथा नेपाली कांग्रेसका विजय यादवले १ हजार ९ सय ३६ मत प्राप्त गर्नुभयो । 

पहिलेकाे चुनावमा यहाँ राजपा विजयी भएकाे थियाे ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया