भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
माेरङ - विराटनगरमा चोरीको श्रृङ्खला बढेको छ । केही दिनअघि मात्र पसल फाेरेर चोरी गर्ने गिरोहलाई पक्राउ गरेपछि रोकिएको चोरीको श्रृङ्खला फेरि सुरु भएको हो ।
सोमबार साँझ विराटनगर-९, घोगापुल चोकमा रहेको मुलचन तापडियाको घरमा चोरी भएको हो । तापडियाको घरबाट १५ तोला सुन, २५ तोला चाँदीको सिक्का र नगद ५० हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।
साँझ घरका सबै सदस्य बजार गएको समयमा घरको पछाडिको ढोका फोरेर चोरी गरेको तापडियाले बताउनुभयाे ।
चोरीको बारेमा प्रहरीलाई खबर गरिएको भए पनि कसले चोरी गरेको भन्ने बारेमा जानकारी नभएको तापडियाले बताउनुभयाे । जिल्ला प्रहरी कार्यालय मोरङले चोरीमा संलग्नको खोजी भैरहेको जनाएको छ ।