१३औँ साग : सन्तोषी श्रेष्ठले दिलाइन् एथ्लेटिक्समा ऐतिहासिक स्वर्ण पदक

 मंसिर १७, २०७६ मंगलबार १२:५०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - १३ औँ दक्षिण एसियाली खेलकुद(साग) मा एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण हात जितेकी छिन् ।

उनले ३५ मिनेट ०७.९४ सेकेन्डको समयमा पार गर्दै स्वर्ण जितेकी हुन् । उनले भारतकी कविता यादवलाई ०.१ सेकेन्डले पछि पार्दै स्वर्ण आफ्नो नाममा पारेकी हुन्।

श्रीलंकाकी निलान्थी लंकाले ३५ मिनेट ५९.०२ सेकेण्डमा दाैड पूरा गर्दै कास्य पदक जितिन् ।

सन्ताेषी सागमा स्वर्ण पदक जित्ने पहिलाे नेपाली महिला एथ्लेटिक्स खेलाडी हुन् । यसअघि सन् २००६ मा श्रीलङ्कामा भएको सागमा नेपालकी कान्छीमाया कोजुले १० हजार मिटर दौडमा नेपाललाई रजत पदक दिलाएकी थिइन् ।

उनले ८औँ राष्ट्रिय खेलकुदमा पनि स्वर्ण जितेकी थिइन् । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया