जाडोमा छाला कसरी जोगाउने ?

 मंसिर १८, २०७६ बुधबार १०:२३:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

जाडोमा छालामा समस्या हुने कारण 

– साबुनको धेरै प्रयोगले छाला सुख्खा हुनुका साथै फुट्ने समस्या हुन्छ । 
– धेरै तातो पानीले नुहाउनाले छाला सुख्खा हुन्छ । 
– ब्लड प्रेसरको औषधी सेवन गर्नेहरूमा छाला सुख्खा हुने समस्या धेरै हुन्छ । 
– विभिन्न रोगका औषधि सेवन गर्नेहरूमा पनि छाला सुख्खा हुने समस्या बढी हुन्छ ।  
– छाला सुख्खा हुनेहरूलाई चिलाउने समस्या बढी हुन्छ  । 
– पटक पटक धेरै पानी चलाउँदा पनि हात फुट्ने हुन्छ । 

छालालाई सुख्खा हुनबाट कसरी जोगाउने 

– जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ । 
– खानपानमा विशेष ध्यान दिनुपर्छ । हरियो साग सब्जीका साथै प्रशस्त पानी पिउने गर्नुपर्छ ।
– छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नुपर्छ । 
– धेरै तातो पानीले नुहाउनु हुँदैन  । 
– कडा खालको साबुनको प्रयोग नगर्ने । मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा सावर जेलको प्रयोग गर्ने । 
– नुहाउना साथ मोइस्चराइजर क्रिम लगाइहाल्ने । जसले गर्दा छाला सुख्खा हुन पाउँदैन ।
– यदि धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने अनि तेल, पेट्रोलियम जेली अथवा मोइस्चराइजर लगाउने गर्नुपर्छ ।

यति गर्दा गर्दै पनि तपाईंको छाला सुख्खा हुने र फुट्ने समस्या भयो भने डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ ।

– विना न्यौपानेले मेडिसिटीमा कार्यरत डर्माटोलोजिष्ट डाक्टर उमा केयलसँग गरेको कुराकानीमा आधारित 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया