वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
बलात्कारको आरोप लागेपछि भारत छाडेर भागेका ‘स्वयम्भू बाबा’ नित्यानन्दले आफ्नो ‘छुट्टै देश’ घोषणा गरेका छन् ।
भारतीय सुरक्षा एजेन्सीको सर्वाधिक खोजीमा रहेका नित्यानन्दले ‘कैलासा’ नामक छुट्टै हिन्दू राष्ट्रको घोषणा गरेका हुन् ।
तर यो राष्ट्र विश्वको कुन कुनामा छ भन्ने जानकारी रहस्यमै रहेको छ । कैलासा देश बनाएको कुरा नित्यानन्दले बनाएको कैलासाडटओआरजी नामक वेबसाइटमार्फत जानकारी दिएका छन् । जसमा लेखिएको छ, ‘कैलासा हिन्दूहरुका लागि बनाइएको सीमाविहीन देश हो । यो त्यस्ता हिन्दूहरुका लागि बनाइएको हो जसले आफ्नै देशमा हिन्दू भएको अधिकार गुमाइसकेका छन् ।’
त्यतिमात्रै होइन, वेबसाइटमा ‘कैलासा’ को परिकल्पना अमेरिकामा गरिएको पनि बताइएको छ । नित्यानन्दले सनातन हिन्दू धर्मको रक्षा गर्नका लागि कैलासा बनाएको बताएका छन् । नित्यानन्दको कैलासामा आफ्नै सरकार पनि रहेको छ । जहाँ गृह विभाग, वित्त विभागलगायतका विभागसमेत रहेका छन् । उनको देशको अलग्गै झण्डा, पासपोर्टलगायतका चिज भएको पनि बताइएको छ ।
त्यस्तै कैलासामा काम गर्न चाहनेहरुका लागि पनि अवसर रहेकाे वेबसाइटमार्फत जानकारी दिइएकाे छ । साथै वेबसाइटमा स्वयम्भू बाबा नित्यानन्दको प्रशंसामा धेरै कुरा लेखिएको छ ।
बलात्कारको आरोप लागेपछि नित्यानन्दले भारत छाडेर भागेको भारतीय सञ्चार माध्यमले जनाएका थिए । इण्डिया टुडेले नित्यानन्द नेपालको बाटो हुँदै दक्षिण अमेेरिकी देेेश इक्वेडर गएको समाचार प्रकाशित गरेको थियो । अहिले पनि इक्वेडरको कुनै एउटा टापु किनेर नित्यानन्दले कैलासा देश निर्माण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
नित्यानन्दमाथि भारतको कर्नाटकमा बलात्कार र अपहरणको मुद्दा दर्ता भएको छ । त्यस्तै गुजरातमा पनि यौन उत्पीडनको मुद्दा दर्ता भएको छ । गुजरात प्रहरीले उनलाई खोजीरहेको भए पनि इन्टरपोलसँग भने सम्पर्क नगरिएको बताइएको छ ।