आयरल्यान्ड–उल्भ्सले दियाे नेपाल 'ए' लाई २ सय २३ रनकाे लक्ष्य
चैत १६, २०८० शुक्रबार
बझाङ – जयपृथ्वी नगरपालिकाका गाँउमा भालुले आतङ्क मच्चाएको छ । भालुको आक्रमणबाट जयपृथ्वी नगरपालिका ७ खगेडाकी ४० वर्षीया सीतादेवी रोकाया गम्भीर घाइते भएकी छ ।
उहाँको बझाङ जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले नेपालगञ्जतर्फ रेफर गर्ने तयारी भइरहेको छ । घाइते रोकायाको टाउकोको छालासहितको भित्री भागमा चोट लागेको छ ।
झण्डै एक हप्ताअघि देखि नगरपालिकाको छयाला, सुबेडा, खगेडा, देबल, लुयाँटा, राउडी बजारलगायतका गाँउमा भालुले आतङ्क मच्चाएको स्थानीय बासिन्दाले बताएका छन् ।
भालुको आतङ्कपछि अहिले घटनास्थलमा सहायक प्रमुख जिल्ला अधिकारी, डीभिजन वन कार्यालयको टोलीसहित सशस्त्र प्रहरीसहितको टोली पुगेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर सार्कीले भालुलाई जंगलतर्फ धपाउने कि नियन्त्रणमा लिने भन्ने विषयमा डिभिजन वन कार्यालय र गृह मन्त्रालयसँग कुरा भइरहेको बताउनुभयो ।
भालु नियन्त्रणमा लिन जनशक्ति र स्रोत साधन नहुँदा समस्या भएको छ । गाँउमा एउटा माउ भालु र दुई वटा छाउरासहित तीन वटा भालु एक हप्तादेखि जयपृथ्वी नगरपालिकाका विभिन्न गाउँ पसेर आतङ्क मच्चाइरहेको छ ।
एक हप्तादेखि भालुले स्थानीय बासिन्दाका गोठभित्रै पसेरै विभिन्न गाउँबाट गरी तीन वटा गोरु मारेको स्थानीय दिपेश महरले बताउनुभयो ।
छाउरासहित खप्तड राष्ट्रिय निकुञ्जबाट निस्किएको भालु खप्तड छान्ना गाउँपालिका हुँदै जयपृथ्वी नगरपालिका पुगेको हो । एक हप्ताअघि खप्तड छान्ना गाँउपालिकाका विभिन्न गाँउबाट झण्डै २० भन्दाबढी बाख्रा मारेको खप्तड छान्ना गाँउपालिकाका प्रवक्ता रामबहादुर सिंहले बताउनुभयो ।
भालुको बासस्थानमा बाक्लो हिमपात भएका कारण भालु गाँउमा पसेको डिभिजन वन कार्यालयका प्रमुख कर्णबहादुर खातीले बताउनुभयो । उहाँले सबै स्थानीय बासिन्दालाई सचेत रहन आग्रह समेत गर्नुभएको छ ।