बझाङको साइपाल गाउँपालिकामा हिमपात, विद्यालय बन्द

 पुस १७, २०७६ बिहिबार ९:८:८ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङको साइपाल गाउँपालिकालगायत अन्य ग्रामीण बस्तीमा हिमपात सुरु भएको छ । 

हिमपातका कारण साइपाल गाउँपालिकामा कार्यरत कर्मचारी प्रहरुराम डगौरा लडेर घाइते भएका छन् । महेन्द्रनगर घर भएका डगौरा साइपाल गाउँपालिकाको काँडा भन्ने ठाउँमा जाने क्रममा पानलोटे भन्ने ठाँउमा हिउँमा चिप्लिएर लड्दा घाइते भएको साइपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताउनु भयो । 

डगौराको दाँया खुट्टामा चोट लागेको छ । यातायातको सुविधा नभएका कारण आठ जना भरिया बनाएर डगौरालाई सदरमुकामतर्फ ल्याउने तयारी भइरहेको धामीले जानकारी दिनु भयो । 

साइपाल गाउँपालिकालगायत अन्य ग्रामीण बस्तीमा हिमपात सुरु 

साइपाल गाउँपालिकालगायत अन्य ग्रामीण बस्तीमा हिमपात सुरु भएको छ । हिमपात भएपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने पशु, चौपायासमेत गोठमा नै थुनिएका छन् । 

हिमपातले गर्दा एउटा गाउँबाट अर्को गाँउ जान नसकेको साइपाल गाउँपालिकाका वसन्त बोहराले बताउनु भयो । लगातार हिमपात भइरहेका कारण गाउँपालिकाका आठ वटा विद्यालय बन्द हुने गाउँपालिका अध्यक्ष धामीले बताउनु भयो । 

अन्तिम अपडेट: चैत ४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया