ताप्लेजुङमा जीप दुर्घटना : एक जनाको ज्यान गयाे, दुई जना गम्भीर घाइते

 पुस २४, २०७६ बिहिबार २०:४९:२४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । 

सदरमुकाम  फुङ्लिङ बजारबाट मिक्वाखोला– २ खोक्लिङतर्फ जाँदै गरेको मे १ च ६६०६ नम्बरको जीप बुधबार साँझ दुर्घटना हुँदा ३५ वर्षीया पबित्रा कार्कीको घटनास्थलमा नै ज्यान गएको हो । 

घाइते हुनेमा खोक्लिङका ३० वर्षीय संजीव भण्डारी र अर्का एक जना नाम नखुलेका व्यक्ति रहेका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निरीक्षक मोहन पोख्रेलले बताउनुभयो । 

घटनास्थलमा प्रहरी परिचालन गरिएको र घाइतेको उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया