भाइको लागि भोकै बस्ने चिनियाँ छात्राको निधन

 माघ १, २०७६ बुधबार ६:३४:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – आफ्नो भाइको मद्दत गर्न कैयौँ वर्षसम्म प्रत्येक दिन झण्डै २ युआनमा आफ्नो जीवन बिताउँदै आएकी कुपोषित छात्राको ज्यान गएको छ । चिनियाँ सञ्चारमाध्यमले यसबारेमा बताएका छन् । 

मात्र २० किलो तौल भएकी वु श्वायेनको गएको वर्ष एउटा तस्बिर सार्वजनिक भएको थियो, जसलाई देखेर चिनियाँ हैरान भएका थिए । 

सन् २०१९ को अक्टोबरमा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको मद्दत गर्न धेरै व्यक्तिहरु आए । गएको सोमबार उनको ज्यान गएको उनका भाइले बताए ।  

‘बेइजिङ युथ डेली’ सँगको कुराकानीमा ती युवतीका भाइले उनी २४ वर्षको भएको बताए । समाचारमा भाइको पहिचान गरिएको छैन । 

डाक्टरहरुका अनुसार वु श्वासेन पाँच वर्षको उमेरदेखि नै निकै कम खाना खाइरहेकी थिइन्, जसका कारण उनको मुटु र मृगौलामा नराम्रो असर पर्‍याे । 

वु श्वासेन र उनका भाइले कैयौँ वर्षसम्म रोजी रोटीको लागि सङ्घर्ष गरे । श्वासेन चार वर्षको हुँदा उनकोआमाको निधन भयो र बुवाको निधन हुँदा उनी स्कुलमा पढ्दै थिइन् । 

वु श्वासेन र उनका भाइलाई पहिला उनीहरुको हजुरआमाले हेरचाह गरेकी थिइन् र पछि काका–काकीले संरक्षण गरे, जसले हरेक महिना जम्मा ३०० युआनमात्र दिन सक्दथे । 

यसमध्ये पनि धेरै रकम भाइको उपचारमा खर्च हुन्थ्यो । उनी मानसिक स्वास्थ्यसँग जोडिएको समस्यासँग पीडित थिए । 

पैसा बचाउनको लागि वु श्वासेनले आफ्नो लागि दिनमा जम्मा दुई युआन खर्च गर्न सुरु गरिन् र उनलाई अस्पताल पुर्याउँदा उनको लम्बाइ ४ दशमलव ५ इन्च थियो । 

डाक्टरहरुका अनुसार उनी यति धेरै कुपोषित भइसकेकी थिइन् कि उनको आँखी भौँको आधाभन्दा धेरै रौँ खसिसकेको थियो । 

यी भाइबहिनी गिजो प्रान्तमा बस्दै आएका थिए, जुन प्रान्तलाई चीनको सबैभन्दा गरिब प्रान्तमध्ये एक हो । यो विषयले चीनको गरिबीलाई फेरि एक पटक चर्चामा ल्याइदिएको छ । 

चीनको अर्थव्यवस्था गएको केही वर्षमा राम्रो भएको छ तर गरिबी भने समाप्त भएको छैन । नेशनल ब्यूरो अफ् स्ट्याटिक्सका अनुसार सन् २०१७ मा ३ दशमलव ४६ करोड ग्रामीण जनसङ्ख्या गरिबीको रेखामुनि जीवन बिताइरहेका छन् । 

चीनमा असमानता पनि निकै बढी छ । सन् २०१८ को अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिवेदनअनुसार चीन ‘विश्वको असमानता भएको देशमध्ये एक’ थियो । 

वु श्वासेनको विषयमा एक पटक फेरि चिनीयाँ अधिकारीहरुमाथि प्रश्न उठाइएको छ । मानिसहरु सामाजिक सञ्जालमा उनीहरुको मद्दतको लागि किन पहल नगरिएको भनेर भनिरहेका छन् । 

धेरै जनाले युवतीको हिम्मतलाई सराहनीय भनेका छन् । कसरी उनले भाइको मद्दत गर्दै आफ्नो पढाइलाई निरन्तरता दिइन् भन्दै धेरैले विचार व्यक्त गरेका छन् । 

क्राउडफन्डिङ प्लेटफर्ममा धेरै व्यक्तिको मद्दतबाहेक उनका शिक्षक र सहपाठीहरुले ४० हजार युआन र स्थानीय ग्रामीणका व्यक्तिहरुले झण्डै ३० हजार युआन जम्मा गरेका थिए । 

उनको निधनअघि अधिकारीहरुले एक बयान जारी गर्दै वु श्वासेनलाई कम्तीमा सरकारी सब्सिटी मिलिरहेको र तीन सयदेखि सात सय युआनसम्म प्रति महिना दिइरहेको बताए । साथै आपतकालीन सहयोगको रुपमा २० हजार युआन दिएको बताए । 

चीनले सन् २०२० सम्म गरिबी समाप्त गर्ने लक्ष्य राखेको छ । यही महिनाको सुरुवातमा एउटा प्रान्तमा ८ करोडमध्ये जम्मा १७ जनामात्र गरिबीमा रहिरहेको आँकडा सार्वजनिक भएको थियो । यद्यपि यो आँकडालाई लिएर धेरैले प्रश्न उठाएका थिए ।  

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया