बझाङ जिल्लामा भत्किए ६३ छाउगोठ : जनचेतना फैलाउन प्रशासनको अनुरोध

 माघ २, २०७६ बिहिबार २१:१:२६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – जिल्ला प्रशासन कार्यालय बझाङले छाउपडी प्रथा अन्त्य गर्ने अभियान अन्तर्गत ६३ छाउगोठ भत्काएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बमले जिल्लाका ११ वटा पालिकामा गरेर ६३ वटा छाउगोठ भत्काइएको जानकारी दिनुभयाे । 

उहाँले सबै पालिकाहरुलाई छाउपडी प्रथा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम आयोजना गर्न आग्रह गर्नुभएको छ । जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नसके झनै प्रभावकारी हुने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनु भयो । 

अन्धविश्वास र जनचेतनाको कमीका कारण छाउपडी प्रथा मान्ने परम्परा रहिआएको बताउँदै उहाँले यसको अन्त्यका लागि जनचेतना आवश्यक रहेको बताउनुभयो । 

छाउगोठ भत्काउने अभियानमा बढीजस्तो युवा र किशोरीहरुको सक्रियता रहेको छ । अहिलेसम्म सबैभन्दा बढी जयपृथ्वी नगरपालिकामा ४० वटा छाउगोठ भत्काइको उहाँको भनाइ छ । यस्तै खप्तड छान्ना गाउँपालिकामा १५, थलारा गाउँपालिकामा ५, मष्टामा २ र दुर्गाथली गाउँपालिकामा १ वटा छाउगोठ भत्काइसकिएकाे छ । 

जिल्लामा छाउपडी प्रथा नमान्ने र छाउपडी प्रथापूर्ण रुपमा मान्ने पुराना मानिसहरु रहेकाे बताउँदै पाण्डेले ६० वर्ष उमेरभन्दा माथिको समूहका मानिसहरुको शेषपछिमात्रै छाउपडी प्रथा पूर्णरुपमा हट्ने बताउनुभयो । 

यसै विषयमा प्रमुख जिल्ला अधिकारी पाण्डेले छाउपडीगोठमा बस्नेहरुलाई नियम अनुसार तिन महिना कैद र तीन हजार जरिबाना गर्ने र प्रथा मान्नेहरुलाई सरकारले दिने कुनै पनि सेवा सुविधाहरु नदिने बताउनु भयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया