अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
डोटी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिखर नगरपालिका-१०, बानीडुग्रीसैनको सेती नदीमाथि निर्माणाधीन पक्की पुलकाे काम चाँडो सक्न निर्देशन दिनुभएको छ ।
पुननिर्माणको काम सुरु भएको वर्षाैँ बितिसक्दा पुल नबनेको भन्दै उहाँले यस्ताे निर्देशन दिनुभएको हो ।
भट्टले सडक डिभिजन कार्यालय दिपायल कुल्पतेका निमित्त प्रमुख वीरेन्द्र चन्दलाई पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले काम सुरु गर्न आनाकानी गरे कारबाहीको लागि सिफारिस गर्न आग्रह गर्नुभएको छ ।
मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘काम सुरु गर्न ठेकेदार कम्पनीलाइ खबर गर्नुहोस् । काम सुरु नगरे कारबाहीका लागि पत्र पठाउनुहोस् । हामी कारबाही गर्छौँ ।’
प्रमुख चन्दले गलत स्टेटमेट तथा ठेकेदार कम्पनीको हेलचेक्र्याईँका कारण पुल निर्माणमा समस्या आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पुलको स्टेमेट पनि केही गलत भएको छ । त्यसैमाथि ठेकेदार कम्पनीले लापर्वाही गर्दा यस्तो समस्या निम्तिएको हो ।’ जिल्लाको सातनाली–मेल्लेक–बझाङ्ग सडकलाई केआईसिंह राजमार्गसँग जोड्न सेती नदीमाथि पक्की पुल निर्माण गर्न २०७१ साल असार २० गते सम्झौता भएको थियो ।
२६ करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुने करिब ४ सय मिटर लामो आरसिसी पुलका लागि डिभिजन सडक कार्यालय दिपायल कुलपातेले पुष्प-राजेन्द्र जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौता अनुसार विसं २०७४ असार २० गतेभित्र पुल निर्माण भइसक्नु पर्ने भए पनि पुलको निर्माण कार्य अहिले सम्म जम्मा २० प्रतिशत मात्रै भएको छ ।
नदीमा पुल नभएकै कारण बिसं २०४९ सालदेखि निर्माण सुरु भएको सातनाली–मेल्लेक–बझाङ्ग सडक पनि अलपत्रमा परेको छ । पुल नभएरै उक्त सडकमा यातायातका साधन पनि सञ्चालन हुन नसकेको स्थानीयवासी प्रेमबहादुर बलायरले बताउनुभयो ।
सडक डिभिजन कार्यालयले पहिलो पटक ठेक्का सम्झौताको अवधि सकिएर विसं २०७५ पुस मसान्तसम्मका लागि म्याद थपिएको थियो । पुनः म्याद थपिए पनि काम भने सुरु भएन । यति हुँदा पनि ठेकेदार कम्पनीलाई कारबाही हुन सकेको छैन ।