चीनले सबै प्रकारका पर्यटकीय गतिविधि स्थगित गर्ने

 माघ १२, २०७६ आइतबार ९:१२:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि चीनले सोमबारदेखि सबै प्रकारको पर्यटकीय गतिविधि र अन्तर्राष्ट्रिय ‘टुर’ भ्रमण स्थगित गर्ने भएको छ । 

आन्तरिक पर्यटकीय गतिविधि भने गएको शुक्रबारदेखि नै स्थगित गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र हुँदै गएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले चिनियाँ नयाँ वर्ष ‘लुनार’ को अवसरमा चीनले गम्भीर अवस्थाको सामना गरिरहेको बताएका थिए । 

अहिलेसम्म यो भाइरसबाट कम्तीमा ४२ जनाको ज्यान गइसकेको छ भने एक हजार चार सयभन्दा बढी सङ्क्रमित भएका छन् । अमेरिका, कोरिया, जापान, थाइल्याण्ड र फ्रान्समा पनि यसको सङ्क्रमण देखिएको छ । 

चीनको ट्राभल एजेन्सी सङ्घले भनेको छ, ‘भ्रमणको क्रममा बीचैमा रहेका यात्रुहरुले भने आफ्नो यात्रा अघि बढाउन सक्छन् तर त्यसका लागि ट्राभल एजेन्सीले आफ्ना यात्रुहरुको स्वास्थ्यका बारेमा निरागानी राख्नु पर्ने छ ।’

यो उपाय विभिन्न देशबाट आएका र रुघाखोकीबाट सङ्क्रमण भएका पर्यटकहरुका लागि स्वागतयोग्य भएको बताइएको छ ।  

बेइजिङ शहरको सरकारले आइतबारदेखि सबै अन्तर–प्रान्तको बस सेवामा प्रतिबन्ध लगाउने बताएको छ, जसले सडक यात्रालाई प्रभावकारी रुपमा सीमित गर्नेछ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया