बैंकिङ्ग क्षेत्रमा टाटा नेक्सनको लोकप्रियता बढ्दै

 माघ २१, २०७६ मंगलबार ११:५२:३२ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डाै – टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालीको टाटा नेक्सन बैंकहरुको पहिलो रोजाइको गाडी बनेको छ ।

सिप्रदीले २०७५ सालमा नेपाली बजारमा ल्याएको टाटा नेक्सन बैंकहरुको पहिलो रोजाइमा पर्न सफल भएकाे हो । भर्खरै मात्र हिमालयन बैंक लिमिटेडलाई टाटा नेक्सनका विभिन्न भेरियन्टहरू डेलिभरी गरिएको छ ।  

यसअघि नेपाल एसबीआई बैंक र अरु विभिन्न बैंकहरुलाई पनि टाटा नेक्सन लगायतका गाडीहरू डेलिभरी गरिएको थियो । बैंक तथा वित्तीय संस्थाहरु र कर्पोरेट क्षेत्रहरुमा टाटा नेक्सन लोकप्रिय बन्दै गएको र अग्रिम बुकिङ्ग पनि भैरहेको कम्पनीले जनाएको छ ।

टाटा नेक्सन 'ग्लोबल एनक्याप' बाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रसओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पुर्‍याइएकाे कम्पनीले जनाएकाे छ । 

यो गाडीमा २ सय ९ एम एम ग्राउण्ड क्लियरेन्स र डुअल फ्रन्टल एअरब्यागहरू लगायतका विशेषताले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्टी डिजाइन रहेको टाटा नेक्सन पाँच वटा भेरियन्टहरूमा उपलब्ध छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया