थलारा गाँउपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दि‍ने

 माघ २३, २०७६ बिहिबार १८:१६:२५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङको थलारा गाँउपालिकाले गाउँपालिकाभरि रहेका एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । 

आर्थिक वर्ष २०६७/०७७ को वार्षिक नीति तथा कार्यक्रम बमोजिम गाउँपालिकाले ५० वर्ष नाघेका एकल पुरुषहरुलाई सामाजिक सरक्षा भत्ता उपलब्ध गराउन लागेको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताउनु भयो । 

समाजिक सुरक्षा भत्ता मासिक पाँच सय रुपैयाँ पाउने गरी गाउँपालिकाका नौ वटै वडामा तथ्याङ्क सङ्कलन गर्ने काम भैरहेको उपाध्यायले जानकारी दिनुभयो । श्रीमतीको निधन भएर एकल बसेका वा विवाह नै नगरी एकल बसेका पुरुषलाई समेत गाउँपालिकाले समाजिक सुरक्षा भत्ता उपलब्ध गराउन लागेको हो । 

अहिले सबै वडाले एकल पुरुषको निवे‍दन, नागरिकता,पत्नी मृत्युको प्रमाणपत्र र फोटाहरु सङ्कलन गर्ने काम गरिरहेका छन्  । 

अन्तिम अपडेट: चैत ११, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया