काेराेनाकाे सङ्क्रमण नियन्त्रण उन्मुख भएकाे चीनकाे दाबी

 फागुन ४, २०७६ आइतबार १२:१५:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले कोभिड–१९ अर्थात् कोरोनाको सङ्क्रमण नियन्त्रण उन्मुख भएको दाबी गरेको छ ।

चीनका विदेशमन्त्री वाङ्ग यी ले नयाँ सङ्क्रमणको दर घटिरहेको र कोरोनाको महामारी नियन्त्रण योग्य भएको दाबी गरेको बीबीसीले जनाएको छ । गएका तीन दिनमा नयाँ सङ्क्रमण र मृत्यु दुवैकाे दर घटेको र चीनको प्रयास सफल बन्दै गएको उहाँको दाबी छ ।

यसैबीच जापानको तटीय क्षेत्रमा रोकेर क्वारेन्टाइनमा राखिएको पानी जहाजमा रहेका झण्डै चार सय अमेरिकीलाई उद्धार गर्न जहाज पठाउने तयारी गरेकाे अमेरिकाले जनाएको छ ।

डायमण्ड प्रिन्सेस क्रुज शिप जापानको तटमा क्वारेन्टाइनमा छ । कोरोना भाइरसका कारण आइतबार बिहानसम्म चीनमा एक हजार ६ सय ६५ र चीनबाहिर चार जनाको ज्यान गएको छ ।

त्यस्तै सङ्क्रमितको सङ्ख्या ६८ हजार ९ सय ४० पुगेको छ । चीनबाहिर फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक/एक जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया