चीनमा कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ हजार २७६, ७५ हजार ६ सयमा संक्रमण

 फागुन ९, २०७६ शुक्रबार ११:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चीनमा कोभिड - १९ अर्थात कोरोना भाइरसकाे सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय ७६ पुगेको छ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा २ सय ७ जनाले ज्यान गुमाएकाे बीबीसीले जनाएको छ । 

चीन बाहिर अहिलेसम्म ६ जनाले ज्यान गुमाईसकेका छन् । चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ हजार ६ सय पुगेको छ । चीन बाहिरका विभिन्न देशमा गरी एक हजारभन्दा धेरै मानिसमा संक्रमण भएको समाचार संस्था सीएनएनले जनाएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया