फुङलिङ बजारमा चार सय भेडा : कसैले काँधमा बाेकेर दाैडिए, कसैले सेल्फी खिचे !

 फागुन ११, २०७६ आइतबार १९:२०:५० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - जंगलमा चर्ने भेडा बीच बजारमा लाइन लागेर हिँड्दा कस्ताे देखिएला?

पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको अवसरमा हिमाली भेगमा पालिने भेडा ताप्लेजुङ सदरमुकाम फुङलिङमा बजारमा ल्याएर पर्दशनी गरिँदा यस्तै दृश्य देखियाे । मालिङ्गो झाडिभित्र लुकेर हराउने भेडाकाे बथान आइतबार फुङलिङमा टाँगिएका पताकाभित्र लुकामारी खेलेका थिए । 

बजारमा स्याे स्याे गर्दै भेडी गोठालाले बजारमा भेडाकाे बथान खेदाउँदा साच्चै जिल्ला बासी अचम्ममा परे । झण्डै चार सय भेडा बजार भित्र हिँड्दा धेरैले रमाइलो लागेको बताए । कोही भेडाको पाठाहरु समाएर फोटो खिचाउँदै थिए । कतिले त काँधमा भेडाको पाठाहरु बोकेर फोटो खिचेको पनि देखिन्थे । काेही भेडा काँधमा बोकेर हिँडिरहेका थिए । 

भेडीगोठ प्रदर्शनी उपसमितिका संयोजक तेजबहादुर भट्टराईले याे महोत्सवमा यो प्रदर्शनीकाे ठूलो महत्व राखेको बताउनुभयो ।

फुङलिङ नगरपालिका-११, फावाखोलाका कमल विष्टको भेडीगोठ भेडाकाे बथान ल्याइएको थियाे। अहिले माथि लेकतिर लैजाने बेला भए पनि महोत्सवका लागि बजारमा ल्याइएकाे विष्टले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: चैत २३, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया