अमेरिकामा आगलागी र हिमआँधीका कारण जनजीवन अस्तव्यस्त
पुस २७, २०८१ शनिबार
काठमाण्डौ - चीनले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको उच्च बिन्दु पार भएको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले भाइरस सङ्क्रमणको समस्या महामारीको रुपमा फैलिएको घोषणा गरेको केही घण्टापछि चीनले सङ्क्रमणको उच्च बिन्दु पार भएको प्रतिक्रिया दिएको हो ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फङले बेइजिङमा पत्रकार सम्मेलन गरी सङ्क्रमणका नयाँ बिरामी आउने क्रम घटिरहेको जानकारी गराउनुभएको छ ।
चीनमा महामारीका रूपमा फैलिएको कोभिड-१९ भाइरस सङ्क्रमणको प्रभाव निकै तल झरेको भन्दै उहाँले हुवेई प्रान्तको राजधानी वुहानमा नयाँ सङ्क्रमण पुष्टिका घटना एक अङ्कमा झरेको बताउनुभयो ।
चीनको उच्च प्राथमिकता नागरिकको स्वास्थ्य र उपचार रहेकोले अझै केही समय सङ्क्रमण नियन्त्रण प्रयासलाई सक्रिय बनाइराख्ने उहाँको भनाइ छ । अबको केही हप्ता कोरोना भाइरस सङ्क्रमण, सङ्क्रमणका कारण ज्यान गुमाउने र प्रभावित देशको संख्या अझै बढ्ने सम्भावना रहेको स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससको भनाइ छ । पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसका कारण ११ जनाको ज्यान गएको छ ।
इरानमा भने ज्यान गुमाउनेको संख्या ७५ र दक्षिण कोरियामा ६ थपिएका छन् । कोरानको सङ्क्रमण भएर अहिलेसम्म ६८ हजार ३ सय ३५ जना निको भएर घर फर्किएका छन् ।
विश्वभर ४ हजार ७ सय १७ जनाको ज्यान गएको छ । आज मात्रै कोरोना सङ्क्रमणका कारण १ सय जनाले ज्यान गुमाएका छन् । १६ सय ३४ जना नयाँ बिरामी थपिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।