कोरोनाको बारेमा 'गलत जानकारी फैलाएकाे' आराेपकाे चीनले गर्‍याे खण्डन

 बैशाख १५, २०७७ सोमबार २१:३:५७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चिनियाँ विदेश मन्त्रालयले चीनले काेराेना भाइरसकाे बारेमा गलत जानकारी फैलाइरहेकाे भन्ने आराेपकाे खण्डन गरेकाे छ । 

गएकाे हप्ता युराेपेली सङ्घकाे एउटा प्रतिवेदनमा चीनले 'महत्वपूर्ण तथ्य' लुकाएर अपरेशन चलाइरहेकाे दाबी गरिएकाे थियाे । बेलायत र अमेरिकामा राष्ट्रिय सुरक्षासँग जाेडिएका अधिकारीहरुले चीनले काेभिड–१९ बाट ज्यान गुमाउनेकाे सङ्ख्या लगातार घटाएर भन्ने गरेकाे बताएका थिए । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ्ग शुआङ्गले साेमबार पत्रकार सम्मेलनमा भने, 'चीन कुनै पनि व्यक्ति र संस्थानकाे माध्यमबाट गलत जानकारी दिने या फैलाउने क्रियाकलापकाे विरुद्ध छ । चीन गलत जानकारीकाे स्राेत नभइ आफै त्यसकाे सिकार बनेकाे छ ।'

यसअघि चीनले काेराेना भाइरसकाे सङ्क्रमणकाे उद्गमस्थल वुहानमा ज्यान गुमाउनेकाे सङ्ख्या सच्याएकाे थियाे । चीनमा अहिलेसम्म ८२ हजार आठ सय ३० जनामा सङ्क्रमण पुष्टि भएकाेमा चार हजार ६ सय ३३ जनाकाे ज्यान गएकाे छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया