चीनबाट आइपुग्यो पहिलो चरणको स्वास्थ्य सामग्री

 जेठ ४, २०७७ आइतबार ६:४४:२३ | रासस
unn.prixa.net

काठमाण्डाै - कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाण्डाै भित्रिएको छ ।
    
चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० कन्टेनर चीनको खासा र नेपालको तातोपानी हुँदै शनिबार काठमाण्डाै आइपुगेका हुन् । ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सेनाको १४ बाहिनीमा सङ्कलन गरिएको छ ।

सरकार–सरकारबीच भएको खरिद सम्झौताअनुसार चीनबाट कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि ३ सय ४३ टन स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ । पहिलो चरणमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने डिस्पोजल गाउनलगायतका एक हजार १८० क्यूबी स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो ।

 खरिद गरिएकामध्ये नेपाल वायुसेवा निगमको जहाजमार्फत ४७.५ टन सामग्री केही दिनभित्रै नेपाल ल्याइनेछ । त्यसका लागि निगमको जहाज सोमबार चीनको ग्वाञ्जाओ जाँदैछ । अरु सम्पूर्ण स्वास्थ्य सामग्री सडक मार्गबाट भएर ल्याइनेछ ।

नेपालले चीनसँग कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक उपकरण, पीपीईलगायत ७३ प्रकारका सामग्री खरिद गर्ने सम्झौता गरेको थियो । खरिद गरिएका बाँकी सामग्री बोकेका कन्टेनर हाङ्गुबाट गत वैशाख २४, २६ र २८ गते नेपालतर्फ प्रस्थान गरिसकेका छन् । ती कन्टेनरलाई नेपाल आइपुग्न १० देखि १२ दिन लाग्नेछ ।

नेपाली सेनाले कोभिड– १९ को जोखिम न्यूनीकरण र रोकथामका लागि क्वरेन्टीन र अस्पतालसमेत निर्माण गरिरहेको छ । मुलुकको आवश्यकता र कोभिड– १९ ले निम्त्याएको सङ्क्रमण रोकथाम एवं नियन्त्रण गर्ने सन्दर्भमा सेनाले मास्क, सेनिटाइजर र पीपीईको उत्पादनसमेत गर्दै आएको छ ।  

सरकारले सम्भावित कोरोनाको सङ्क्रमण जोखिमको मूल्याङ्कन गरी समयमै ‘लकडाउन’ घोषणा गरेका कारण नेपालमा हालसम्म २ सय ८१ जनामा कोरोनाबाट सङ्क्रमण पुष्टि भएकाे छ । हालसम्मको अध्ययन र अनुसन्धानबाट सामाजिक दूरी कायम गर्नु नै सङ्क्रमणबाट जोगिने उत्तम उपाय मानिएको छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया