प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
डोटी - डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरी महिलाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्कीको ज्यान गएको हो । सुत्केरी बेथा लागेर दुई दिन पहिले अस्पताल भर्ना भएकी उहाँको अप्रेसन मार्फत सुत्केरी गराइएको थियो । सुत्केरी गराएको दुई दिनपछि आज बिहान उहाँको ज्यान गएको अस्पतालले जनाएको छ ।
जण्डिस भएकी सुत्केरी महिलाको अस्पतालले अप्रेसन गरेका कारण ज्यान गएको मृतक महिलाका घर परिवारको आरोप छ ।
उता सुजङ अस्पतालका प्रमुख अर्जुन बलायरले मृतक महिलामा जण्डिस भएको स्वीकार गर्नु भएको छ । उहाँले भन्नुभयो, “महिलामा जण्डिस थियो, हामीले अप्रेसन गरेर बच्चा निकाल्यौँ पछि समस्या हुन थालेपछि रेफर गर्न थालेका थियौँ ज्यान भयो ।