ओखलढुङ्गाका सङ्क्रमितको जिल्लामै उपचार हुने

 असार २३, २०७७ मंगलबार १२:४८:१७ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – ओखलढुङ्गाका तीन जना कोरोना सङ्क्रमितको उपचार जिल्लामै हुने भएको छ । विदेश र काठमाण्डौबाट आएकासहित तीन जना सङ्क्रमितको उपचार जिल्लामै गरिने जिल्ला कमाण्ड पोस्टले जनाएको छ । 

साउदी अरेबियाबाट आएका दुई र काठमाण्डौबाट आएका एक गरी तीन जनामा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

गएकाे असार ५ गते नेपाल आएका दुई जना भक्तपुर र प्रदेश १ को चतारा होल्डिङ सेन्टर हुँदै असार ८ गते लिखु गाउँपालिका आइपुगेका थिए । अर्का २२ वर्षीय युवक बाग्लुङबाट काठमाण्डौ आइ केही समय बसेर असार ७ गते साउदीबाट आएका दुईजनासँगै रामेछाप हुँदै गाउँ फर्किएका थिए । 

उनीहरु लिखु गाउँपालिकाको क्वरेण्टीनमा रहेकाले उपचारकाे लागि ओखलढुङ्गा सामुदायिक अस्पताल ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
उनीहरुको अवस्था सामान्य रहेको र प्रदेशमा रहेको कोरोना अस्पतालमा बिरामीको चाप बढी भएकाले जिल्लामै उपचार हुने उहाँको भनाइ छ । 

कोरोना उपचारकाे लागि सामुदायिक अस्पतालमा ६ शय्याकाे आइसोलेशन यसअघि नै तयारी अवस्थामा राखिएकाले उपचारमा समस्या नरहेको बताइएको छ ।

सामुदायिक अस्पतालका निर्देशक युवराज आचार्यले कोरोना बिरामीको उपचारकाे लागि छुट्टै स्थानमा आसोलेशन वार्ड, आवश्यक परे अक्सिजन र स्वास्थ्यकर्मी तयारी रहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया