सोलु करिडोरमा कार्यरत १५ भारतीय मजदुरमा कोरोना सङ्क्रमण

 साउन १, २०७७ बिहिबार १९:२३:१२ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – ओखलढुङ्गामा विद्युत् आयाेजनाकाे साेलु करिडाेर खण्डमा कार्यरत १५ जना भारतीय मजदुरमा कोरोना सङ्क्रमण देखिएकाे छ ।

मानेभञ्ज्याङ गाउँपालिकाबाट उनीहरुको स्वाब परीक्षण गराएको थियो । केही दिनअघि परीक्षणकाे लागि स्वाब पठाइएका ५५ मध्ये १५ जनाको कोरोना पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो । 

सङ्क्रमित मजदुरहरु आयाेजनामा काम गर्न भारतबाट गएकाे असार २६ गते मानेभञ्ज्याङ आइपुगेका थिए । सङ्क्रमण पुष्टि भए पनि अहिले उनीहरु मानेभञ्ज्याङ गाउँपालिकामा नरहेको पाइएको छ । 

स्थानीयले भारतबाट आएकालाई काम गर्न नदिएपछि शुक्रबार बिहानै उनीहरुलाई आयोजनाले उदयपुर पठाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीको भनाइ छ । 

मानेभञ्ज्याङमा रहँदा बालेथाम र रिचुवाको विद्यालयमा सङ्क्रमण पुष्टि भएका मजदुरहरु बसेको पाइएको मानेभञ्ज्याङ गाउँपालिकाकी उपाध्यक्ष सविता राईले बताउनुभयो ।
 
यसअघि ओखलढुङ्गामा ६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यससँगै ओखलढुङ्गामा कोरोना सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या २१ पुगेको छ । सङ्क्रमितमध्ये एक जना भने निको भएर घर फर्किसकेका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया