१०० किलाे गाँजासहित चितवनमा दुई जना पक्राउ

 असोज २, २०७७ शुक्रबार २०:४२:४५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनमा एक सय किलो (एक क्विन्टल) गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती नगरपालिका ११ आँपपानीका २५ वर्षीय दोर्जे तामाङ र २४ वर्षीय पदमबहादुर मोक्तान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले गाँजासहित ओसारपसारमा संलग्नलाई सार्वजनिक गरेको हो ।

गएकाे भदौ २१ गते प्रहरीले राप्ती नगरपालिका दवाडी चोकबाट पाँच वटा बोरामा पोको बनाइ राखेको गाँजा बेवारिसे अवस्थामा फेला पारेको थियो । अनुसन्धान गर्दै जाँदा ओसारपसारमा संलग्न व्यक्तिलाई असोज १ गते राप्ती ५ भण्डारा चोकबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।

लागुऔषध ओसारपसारमा संलग्न मुख्य व्यक्ति फरार रहेको र खोजी भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेका दुई जनालाई चितवन जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया