काेराेनाबाट भरतपुर २० का वडाध्यक्षकाे ज्यान गयाे

 असोज २५, २०७७ आइतबार १५:५८:३९ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – चितवनमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट भरतपुर महानगरपालिका २० का अध्यक्षको ज्यान गएको छ ।

भरतपुर अस्पतालमा उपचाररत वडाध्यक्ष ६९ वर्षीय मणिलाल तामाङको आइतबार बिहान ११ः३० बजे ज्यान गएकाे अस्पतालका कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभएको छ ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि वडाध्यक्ष तामाङलाई असोज २३ गते अस्पतालमा भर्ना गरिएको थियो । उहाँमा असोज १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उहाँमा मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो ।

अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उहाँलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उहाँको ज्यान गएकाे हो ।

अध्यक्ष तामाङ २०७४ को पालिका चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको थियो । उहाँकाे निधनप्रति भरतपुर महानगरपालिकाले शोक व्यक्त गरेको छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले आइतबार शोक वक्तव्य प्रकाशित गर्दै दिवङ्गत तामाङप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ । उहाँकाे सम्मानमा साेमबार एकदिन भरतपुर महानगरपालिका र मातहतका कार्यालय बन्द रहने शोक वक्तव्यमा उल्लेख छ । 

 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

1 Comments

  •  0 Reply

तपाईको प्रतिक्रिया