ओखलढुंगाका दुई पालिकाले डाक्टर नै पाएनन्

 कात्तिक १८, २०७७ मंगलबार ११:५२:३५ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा - कोरोना अस्पताल सञ्चालनका ओखलढुंगाका दुई पालिकाले डाक्टर पाएका छैनन् ।

मोलुङ र मानेभञ्ज्याङ गाउँपालिकाले अस्पताल सञ्चालन गर्नका लागि डाक्टर माग गरे पनि आवेदन नपर्दा डाक्टर नपाएका हुन् । सङ्घीय सरकारको अनुदान साझेदारीमा स्थापना हुने कोरोना अस्पतालमा एक एमबीबीएस डाक्टर तथा दुई जना स्टाफ नर्स नियुक्ति गर्न दरखास्त माग गरे पनि दुई तहमा डाक्टरले आवेदन नै दिएनन् ।

आवेदन नै नपरेकाले स्टाफ नर्स मात्रै नियुक्ति भएको मोलुङ गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत गोपाल नेपालले जानकारी दिनुभयो । डाक्टरको पदमा दरखास्त नै नपरेको नेपालको भनाइ छ । अस्पताल सञ्चालनका लागि पूर्वाधार तयारीको प्रकृया पनि सुरु भइसकेको छ ।

मोलुङले ५ शैय्याको कोरोना अस्पताल रामपुरमा सञ्चालन गर्ने भएको छ । त्यस्तै मानेभञ्ज्याङ गाउँपालिकाले पनि कोरोना अस्पतालका लागि डाक्टर पाएको छैन । डाक्टरको पदमा एक जनाले दरखास्त दिए पनि अन्तर्वार्तामा नआएकाले नियुक्ति नसकेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी भट्टराईले एक दरखास्त परे पनि परीक्षामा अनुपस्थित भएकाले स्टाफ नर्स र सहयोगी कर्मचारी मात्रै नियुक्ति गरेको बताउनुभयो । मानेभञ्ज्याङले साविकको गाउँपालिका केन्द्रमा रहेको स्वास्थ्य चौकीलाई कोरोना अस्पताल बनाउने तयारी थालेको छ ।

सरकारले देशभरका अस्पताल नभएका सबै पालिकामा कम्तीमा ५ शैय्याको अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउन बजेटसहित परिपत्र गरे पनि कार्यान्वयन भइसकेको छैन । ओखलढुंगाका आठमध्ये सात पालिकामा कोभिड अस्पताल सञ्चालन गर्न बजेट आएको छ ।

खिजीदेम्बा गाउँपालिकाले भने डाक्टर तथा नर्स नियुक्ति गरिसकेको छ । कोरोना सङ्क्रमित तथा अन्यको उपचारका लागि पालिकामै व्यवस्था गर्न बजेट आइसके पनि चाडबाडलगायतका बहानामा अन्य तहमा कोरोना अस्पताल सञ्चालनको काम प्रभावकारी हुन सकेको छैन । काम सुरु गरेका तहमा पनि पहिले कर्मचारी नियुक्तिको प्रकृया सुरु गरिएको छ । पूर्वाधार निर्माणतर्फ पालिकाको ध्यान पुगेको छैन ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया