दूरसञ्चार प्राधिकरणद्वारा अप्टिकल फाइबर बिछ्याउन टेलिकमसँग जानकारी माग

 पुष १४, २०७७ मंगलबार १९:९:३९ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले काठमाण्डौ तराई/मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौताको विषयमा नेपाल टेलिकमसँग जानकारी माग गरेको छ । प्राधिकरणले टेलिकमलाई सम्झौताको विषयमा सात दिनभित्र जानकारी उपलब्ध गराउन पत्र पठाएको जनाइएको छ । 

दूरसञ्चार पूर्वाधार नियमावली, २०७४ को नियम ११ मा ठूला पूर्वाधार निर्माण गर्न प्राधिकरणबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ तर टेलिकमले कुनै समन्वय नै नगरि सम्झौता गरेको पाइएपछि सम्झौताको विषयमा जानकारी माग गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउनुहन्छ । 

उहाँकाअनुसार नेपाली सेना, प्राधिकरण र टेलिकमका अधिकारीबीच एक चरणमा छलफल भएको थियो तर सम्झौता गर्नुअघि प्राधिकरणसँग स्वीकृति लिनुपर्ने प्रावधान रहेकामा स्वीकृति नलिएको पाइएपछि जानकारी माग गरिएको हो । 

प्राधिकरणले सबै सेवा प्रदायकको मागअनुसार सहप्रयोग हुने गरी द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने विषयमा छलफल भइरहेको थियो भने वार्षिक कार्यक्रममा नै यस कुरा रहेको जनाइएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशकलाई सम्बोधन गरी लेखिएको यस पत्रमा बोधार्थ तथा अवगतार्थमा सञ्चार तथा सूचना प्रविधिमन्त्री, मन्त्रालयका सचिव, रक्षा मन्त्रालय, सडक विभाग ललितपुर र काठमाण्डौ–तराई मधेश द्रुतमार्ग परियोजना (नेपाली सेना) लाई उल्लेख गरिएको छ । 

टेलिकमले नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुत मार्गमा अप्टिकल  फाइबर बिछ्याउने प्रावधानसहित यही पुस १० गते शुक्रबार एक सहमति गरेको थियो । काठमाण्डाैलाई मधेससँग जोड्ने तुलनात्मकरुपमा निकै छोटो ९७२.५ किमी सडकमा विभिन्न प्याकेजमा चरणगतरुपमा निर्माण हुने द्रुत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने भन्दै टेलिकमले सम्झौता गरेको थियो । 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया