प्रदेश सरकारले तीन वर्षमा के–के गर्‍याे, सबैकाे गाेजी–गाेजीमा आइपुग्छ : मुख्यमन्त्री राई

 माघ २६, २०७७ सोमबार १९:४३:४५ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गरेका कामको फेहरिस्त तयार गरेर एक महिनाभित्र सबैका गोजीमा पुर्‍याउने बताउनुभएको छ । काम नभएको भनेर भइरहेको आलोचनाप्रति लक्षित गर्दै मुख्यमन्त्री राईले तीन वर्षमा प्रदेश सरकारले गरेका कामको फेहरिस्त सबैका गोजी–गोजीसम्म पुग्ने दाबी गर्नुभयो ।  

नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा ओखलढुङ्गाको भवन उद्घाटन गर्दै राईले भन्नुभयो, ‘तपाईँहरुको घर–घरमा, गोजी–गोजीमा आइपुग्छ । हामीले तीन वर्षमा के–के गर्‍याैँ भनेर ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमको बचाउ गर्दै मुख्यमन्त्री राईले देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भएकाले ताजा जनादेशको बाटो रोजिएको जिकिर गर्नुभयो ।  

पत्रकारहरुलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अँध्यारो कोठामा प्रधानमन्त्रीले अराजकहरुसँग लेनदेन गर्ने काम गर्नुभएन, वैशाखमा चुनाव हुन्छ, निर्वाचन आयोगले तयारी गरिसक्यो ।’ देशमा स्थिरता, सुशासन र विकासका लागि सरकारले चुनाव घोषणा गरेको उहाँको दाबी छ ।   

प्रधानमन्त्री ओलीलाई सङ्केत गर्दै मुख्यमन्त्री राईले विकास र समृद्धिको आकाङ्क्षालाई मूर्त रुप दिने सफल नेतृत्वलाई मतदान गर्न उहाँले अपिलसमेत गर्नुभयो । प्रदेश १ मा पनि अस्थिरता र अराजकता पैदा गर्ने प्रयास भएको भन्दै त्यसलाई असफल पारिने मुख्यमन्त्री राईको  दाबी छ । प्रचण्ड–नेपाल समूहप्रति लक्षित गर्दै उहाँले अविश्वासको प्रस्ताव ल्याएर नागरिकको उत्साहमा अलि–अलि निराशा थप्ने काम भएको आरोप लगाउनुभयो ।   

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया