पार्किङमा राखेको ट्याक्टरमा अज्ञात समूहद्वारा आगजनी

 बैशाख १०, २०७८ शुक्रबार १३:१४:२९ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेको छ । रेसुंगा नगरपालिका ६ अन्तर्गत चेक्मीमा साइटमा योजनाको काम गर्दै आएको लु ४ च ८८४४ नम्बरको ट्याक्टरमा शुक्रबार बिहान आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

पुष्पाञ्जली निर्माण सेवाले भाडामा लिएर गएको तीन हप्तादेखि साइटमा काम गर्दै आएको ट्याक्टर पार्किङ्गमा राखिरहेको अवस्थामा बिहान साढे चार बजेतिर आगजनी गरिएको निर्माण सेवाका सञ्चालक सञ्जय पन्थीले बताउनुभयो ।

ट्याक्टर चालकले बिहान पाँच बजे साइटमा काम गर्न जाने क्रममा ट्याक्टरमा आगो दन्किरहेको देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताउनुभयाे । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया