पुल बनाउँदै गर्दा त्रिशूली नदीमा खसेकामध्ये थप दुई जनाको ज्यान गयाे

 बैशाख १६, २०७८ बिहिबार १०:३८:१५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माणका क्रममा त्रिशूली नदीमा खसेकामध्ये थप दुई जनाको ज्यान गएकाे छ ।

बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ भने अर्का एक जनाको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हाे । वैशाख १२ गते पुलको ट्रस मिलाउने क्रममा ट्रससँगै नदीमा खसेर एक मजदुरको ज्यान गएकाे थियाे भने दुई जना बेपत्ता भएका थिए । नदीमा खसेकामध्ये ८ जना घाइते भएका थिए ।

बेपत्ता भएका सुजित माझीको शव घटनास्थलबाट नौ सय मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा फेला परेकाे वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिनुभएको छ ।

अस्पतालमा उपचाररत विजय यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हाे । अर्का बेपत्ता मजदुर श्यामबाबु पाठकको खोजी कार्य अझै जारी रहेको उहाँले बताउनुभयो । भारत बेतिया पश्चिम चम्पारण बस्ने ४३ वर्षीय यादवको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा भारत बेतियाका मुन्ना चौधरी, सञ्जय   शर्मा, राजकुमार यादव, सन्तोष महतो, सुरेन्द्र राम, शोक महरछी, अब्दुल राय रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया