गुल्मीमा एक हप्ताका लागि निषेधाज्ञा जारी

 बैशाख १७, २०७८ शुक्रबार १९:४३:७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा शनिवार मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिने क्रम बढेसँगै जिल्ला प्रशासन कार्यालयले शनिवार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । 

जिल्ला प्रशासन कार्यालयमा शुक्रवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले यही वैशाख १८ गते राति १२ बजेदेखि २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभएको छ ।  

निषेधाज्ञाको समयमा औषधि लगायतका पसल चौबीसै घण्टा खुल्ला रहनेछन् भने अत्यावश्यक उपभोग्य वस्तुको बिक्री/वितरणका लागि बिहान ७ देखि नौ बजेसम्म समय तोकिएको छ । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया