अन्नपूर्ण आरोहण शुरू, एकैदिन ३२ आरोही चुचुरोमा
चैत २६, २०८१ मंगलबार
ताप्लेजुङ – ताप्लेजुङमा 'दक्षिण एसियाकै नमुना' का रुपमा जैविक विविधता, वन तथा वन्यजन्तु अध्ययन केन्द्र स्थापना गर्ने उद्देश्यले एकीकृत संरक्षण स्रोत केन्द्रको भवन निर्माण भइरहेको छ । अहिलेसम्ममा भवन निर्माणको काम ८० प्रतिशत सकिएको छ ।
भवनको जग अङ्ग्रेजी अक्षर ‘एल’ आकारमा बसेको छ । वातावरणमैत्री भवन भएकाले स्थानीय जैविक सामग्री प्रयोग गरिएको छ । भवनको काम यही जेठ २२ गतेसम्ममा सम्पन्न हुने सम्झौता भएको छ ।
भवनको भुइँ तलामा काटेको ढुङ्गा प्रयोग गरिएको छ भने माथिल्लो तलामा काठ प्रयोग गरिएको छ । एक करोड ५० लाख रुपैयाँको ठेक्कामा निर्माण सुरु गरिएको भए पनि अहिलेसम्म एक करोड ७५ लाख रुपैयाँ सकिएको ठेकेदार कम्पनीका अमृत भट्टराईले बताउनुभयो ।
हिमालयन रेडपाण्डा नेटवर्कले निर्माण गरिरहेको यो भवनको इन्जिनियर सागर पोखरेलले रेखदेख गरिरहनुभएको छ । भवनमा प्रयोग भएका धेरैजसो सामग्री स्थानीय उत्पादन हुन् । ती सामग्रीलाई मात्रा मिलाएर प्रयोग गरिएका छन् । चार बकेट माटोमा एक बकेट खरानी, एक बकेट अण्डाको खोल, एक बकेट गाईको गोबर र आधा बकेट पराल प्रयोग गरेर मात्रा मिलाइएको छ । झट्ट हेर्दा कंक्रिट ढलान झैँ देखिए पनि नियालेर हेर्दा फरक छुट्याउन सकिन्छ ।
देउराली भित्री सामुदायिक वन उपभोक्ता समिति सचिव पासाङरीता शेर्पाले भवन बनेपछि वन र वन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्थानीय पर्यटन प्रवद्र्धनमा यो भवनले सहयोग पुग्ने सचिव शेर्पाले बताउनुभयो । भवन बनाउन हिमाली संरक्षण मञ्चले स्थानीय र सम्बन्धित कार्यालसँग समन्वय तथा सहकार्यका लागि पुलको भूमिका निर्वाह गरेको छ ।
हिमाली रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक रमेश राईले भन्नुभयो, ‘पहिला बनाउन र बनिसकेपछि कसरी व्यवस्थापन गर्ने भन्नेमा सजग छौँ । यद्यपि स्थानीयवासीको जागरुकताले सहज व्यवस्थापन हुनेमा ढुक्क छौँ ।’
नेपालीमात्र नभएर विदेशीका लागि पनि वन तथा वन्यजन्तुका बारेमा अध्ययन गर्न यो भवन दक्षिण एसियाकै नमुना हुने विश्वास लिएको संयोजक राईले बताउनुभयो । यो भवन रेडपाण्डा (हाब्रे) मात्र नभएर अरु वन्यजन्तुका लागि पनि नमुना केन्द्र हुने उहाँको भनाइ छ । बर्सेनि पाथीभरा दर्शनका लागि र कञ्चनजङ्घा जानका लागि यही बाटो भएर हिँड्ने हुनाले दर्शनार्थी र पर्यटकलाई पाथीभरा अध्ययन केन्द्रको अवलोकन गराउने अर्गानिक खानाको स्वादमा होमस्टेमा राख्न सकिने योजना रहेको संयोजक राईले बताउनुभयो ।
लेकाली जीवनशैली, भाषा, संस्कार र संस्कृति, रहनसहन, खेतीपाती, खानपान, शेर्पा समुदायको स्याब्रु नृत्य र लिम्बु समुदायको च्याब्रुङ नृत्यलगायतका विविधताको संरक्षणका लागि यो केन्द्र योग्य साबित हुने विश्वास लिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।