चीनले पठाएको यान मङ्गल ग्रहमा अवतरण

 जेठ १, २०७८ शनिबार ७:३५:३९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले मङ्गल ग्रहमा आफ्नो यान अवतरण गराएको छ । ६ वटा पाङ्ग्रा भएको रोबर्ट मङ्गल ग्रहको उत्तरी गोलार्धमा अवतरण गराएको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यो सँगै चीन मङ्गल ग्रहमा यान अवतरण गराउने अमेरिकापछि दोस्रो देश बनेको छ । मङ्गल ग्रहमा यान अवतरण गराउने ज्यादै कठिन काम मानिदै आएकोमा त्यसमा सफलता पाएको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् ।

चीनले तिआन्वेन–१ अभियान अन्तर्गत फेब्रुअरी महिनामा पहिलो हप्ता अर्थात् तीन महिना अघि यानलाई मङ्गल ग्रहतर्फ पठाएको थियो । मङ्गल ग्रहमा अवतरण भएको रोबर्टको तौल दुई सय ४० किलोग्राम रहेको छ । रोबर्टले सतह र सहतमुनिको भौगर्भिक अध्ययन गर्नेछ ।

रोबर्टमा क्यामराहरू जडान गरिएको छ । ती क्यामेराले तस्बिर खिच्ने र यताउता गर्न दिशा पत्ता लगाउन सहयोग गर्छन् । अरू पाँचवटा उपकरणले त्यहाँका ढुङ्गामा खनिज पदार्थको परीक्षण र हिउँ भए नभएको आकलन गर्छन् । तिआन्वेन–१ मङ्गल ग्रहमा पुग्ने चीनको दोस्रो प्रयास हो । यसअघि सन् २०११ मा रुससँग मिलेर चीनले अगाडि बढाएको अभियान प्रक्षेपण गर्ने क्रममा विफल भएको थियो । यस पटक चीनसँगै अमेरिका र यूयईले पनि मङ्गल ग्रहमा यान पठाएका छन् । ती यान अन्तरिक्षमै रहेका बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया