परिवर्तन हुँदै महिला, छाउ हुँदा घरमै बस्छन्

 जेठ १४, २०७८ शुक्रबार १९:४४:४७ | उज्यालो सहकर्मी

आज मे २८ तारिख, अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस । नेपालमा यो दिवस ६ वर्षअघि सन् २०१५ देखि मनाउन थालिएको  हो । बढ्दो जनचेतनासँग नेपालका महिलाहरू महिनावारी हुँदा घरभित्रै बसेर सरसफाइमा ध्यान दिन थालेका छन् ।

महिनावारी अर्थात् छाउपडी सबैभन्दा धेरै छुवाछुत गरिने सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका महिला पनि घरभित्रै बस्न थालेका छन् । पहिले ढुङ्गाको ओडार र छाउपडी गोठमा बस्ने महिलाहरू आजभोलि घरमा सुरक्षित तरिकाले बस्न थालेका छन् । कतिपय महिलाहरू घरमा आफैँ खाना पकाउने, गाईभैँसी दुहुने र दही/दूध खाने गर्न थालेका छन् ।

पछिल्लो समय महिला आफैँ शिक्षित र सचेत हुन थालेपछि उनीहरूमा यो परिवर्तन आएको हो । आफूमा चेतना आइसकेपछि दैलेखको आठबीस नगरपालिका ५ की अम्बा विक र वसु विक गएको चार वर्षदेखि महिनावारी हुँदा घरमै बस्न थालेका हुन् । उनीहरूमा कसरी यस्तो परिवर्तन आयो ? हेरौँ यो भिडिओ–

 

अन्तिम अपडेट: कात्तिक १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया