पहिरो खसेपछि गुल्मीको तम्घास–रिडी र रिडी–रुद्रवेणी सडकखण्ड ठप्प

 असार १, २०७८ मंगलबार १२:३७:३१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - लगातारकाे वर्षाका कारण पहिरो खसेपछि गुल्मीको तम्घास-रिडी र रिडी-रुद्रवेणी सडकखण्ड ठप्प भएको छ ।

तम्घास-रिडी सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका-१३ को भगाँरी खोलामा गएराति पहिरो खसेपछि सडक बन्द भएको हो । त्यसैगरी गुल्मीकै रिडी-रुद्रवेणी सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका-२ साँघुरेमा बिहान सडक माथिबाट चट्टानसहितको ठूलो पहिरो खसेपछि यो सडक पनि ठप्प भएको छ ।

सडक खुलाउन प्रयास भइरहे पनि पानी परिरहेकाले समस्या भएको रेसुङ्गा नगरपालिका-१३ का वडाध्यक्ष खुमबहादुर खत्रीले बताउनुभयो । सडक बन्द भएपछि एम्बुलेन्स, निर्माण सामग्री, दूध र खाद्यान्न ओसारपसार गर्ने गाडी बीच बाटोमै रोकिएका छन् । लगातारकाे वर्षाका कारण जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले खोला किनारा र पहिरोग्रस्त क्षेत्रका स्थानीय बासिन्दालाई सतर्क रहन र सुरक्षित ठाउँमा जान भनेको छ ।

वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो खसेको र सडक भत्किएका कारण गुल्मीको तम्घास- ईन्द्रेगौँडा,रुद्रवेणी-पूर्तिघाट लगायत एक दर्जनभन्दा बढी सडकहरु समेत बन्द भएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया