वाग्मती प्रदेशमा ट्राफिक राजश्व बढ्यो : दुर्घटना घट्यो

 साउन २, २०७८ शनिबार ११:२७:१ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - वाग्मती प्रदेशमा एक वर्षको अवधिमा ट्राफिकको राजश्व १ सय २५ प्रतिशतले वृद्धि भएको छ भने दुर्घटनामा ४० प्रतिशत कमी आएको छ ।  चितवनको रामनगरमा रहेको वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष ७७/७८ मा सवारी नियम उल्लङ्घन गर्ने २ लाख ५८ हजार ९ सय ७२ गाडीलाई  कारबाही गरी २४ करोड ७४ लाख ४१ हजार ५ सय रुपैयाँ  जरिबाना गरिएको हो ।

आ.व ०७६/७७ मा सवारी नियम उल्लङ्घन गर्ने १ लाख ५१ हजार १ सय २१ वटा गाडीलाई कारबाही गरी १० करोड ९८ लाख ६ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको थियो । वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट आन्तरिक शुद्धीकरणअन्तर्गत आचरण विपरीत कार्य गर्ने १५ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको र असल कार्य गर्ने ५८ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको जनाएको छ ।

 वाग्मती प्रदेशमा गएको वर्षभन्दा दुर्घटनामा वृद्धि भए पनि मानवीय क्षतिमा भने २०.५९ प्रतिशतले कमी आएको वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया