केही साथीले खाना खाँदा अलिकति पानी खाने ठाउँ पनि बाँकी राख्नुभएको छैन : नेता  ज्ञवाली

 साउन १०, २०७८ आइतबार १३:३१:५६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताउनुभएको छ । प्रवक्ता ज्ञवालीले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशाअनुसार नै पार्टी एकढिक्का भएर अघि बड्ने बताउनुभयो । 

उहाँले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउँदै गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल खेलेको टिप्पणी गर्नुभयो ।

प्रेस चौतारी नेपाल गुल्मीले आइतबार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले यस्तो बताउनुभएको हो । उहाँले अस्वाभाविक रूपमा गठन भएको गठबन्धनबाट सरकार बन्नुमा पनि नेकपाभित्रका केही ठूला नेताको मूख्य भुमिका रहेको बताउनुभयो । 

‘केही साथी पार्टीमा नबस्न सक्नुहुन्छ, उहाँहरूका अभिव्यक्तिका कारण यति पर पुगिसक्नु भएको छ कि ! खाना खाँदा पानी खाने ठाउँ पनि बाँकी राख्नुभएको छैन’, ज्ञवालीले भन्नुभयो । उहाँले विगतका सबै कमी कमजोरीलाई बिर्सेर पार्टी एकढिक्का भएर अघि बढ्ने दाबीसमेत गर्नुभयो ।

नेकपा एमाले सत्तामा बस्नु र प्रतिपक्षमा बस्नु कुनै ठूलो कुरा र नौलो विषय नभएको भन्दै नेता ज्ञवालीले अपेक्षित र अप्रत्याशित रूपमा बनेको यो सरकार कुन विधि र प्रक्रियाबाट बन्यो भन्ने मुख्य विषय रहेको टिप्पणी गर्नुभयो । खेलको नियममा रेफ्रीले निष्पक्ष रूपमा फैसला गरेन भने त्यसले विवाद सिर्जना गर्ने भन्दै उहाँले घुमाउरो पारामा अदालतले गरेको फैसलाले आम नागरिकमा थप द्विविधा उत्पन्न गराएको बताउनुभयो ।

गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको निधनमा श्रद्धाञ्जली एवम् समवेदना दिन शनिवार गृह जिल्ला गुल्मी आइपुग्नुभएका ज्ञवालीले आइतवार एमाले पार्टी कार्यालयमा पार्टी नेता तथा कार्यकर्तालाई पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिक घटनाक्रमको बारेमा समेत जानकारी गराउनुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया