सकेसम्म साइतमा टीका, नभ्याए जुनबेला लगाउँदा पनि हुन्छ

 असोज २८, २०७८ बिहीबार ९:३०:४२ | सूर्यप्रसाद ढुंगेल
unn.prixa.net

जसरी घटस्थापना गर्नको लागि शुभ समयको अति आवश्यक छ, विजयादशमीको दिन टीका लगाउन पनि यसैगरी शुभ समयको आवश्यक पर्छ ।

घटस्थापनाको शुभसाइत ११ बजेर ४६ मिनेटमा तोकिएको थियो । त्यस्तै देवी विसर्जनको लागि पनि त्यो उत्तम समय अति महत्त्वपूर्ण हुन्छ । त्यो भनेको टीकाको दिन बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने हो। 

साइत भनेको राम्रो समय हो । जे काम गर्नका लागि पनि राम्रो समयबाट सुरु गर्यो भने त्यसको फल राम्रो हुन्छ भनेर भनिएको हो । सुरुवात गर्नको लागि सबैभन्दा राम्रो समय भनेर पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको समय बिहान १० बजेर ०२ मिनेट हो । 

तर, त्यो समयमा भ्याइएन भने साइत गयो टीका लगाउन हुँदैन भन्ने छैन । देवीको प्रसाद मान्यजनको हातबाट आशीर्वचन साथमा टीका लगाउने हुनाले जहिले पनि गर्न सकिन्छ । तर, सबैभन्दा पहिले सुरु गर्नको लागि राम्रो समय भनेको १०ः०२ मिनेट हो । 

त्यो भ्याइएन भने दिनभरि, राति सुत्नु अगाडि पनि लगाउन सकिन्छ । हाम्रो पूर्णिमाको दिनसम्म पनि टीका लगाउने चलन छ । माइती, मावली, ससुराल सबैतिर यता, त्यता जाँदा अर्कै उत्साह हुन्छ । एकैदिन एउटै समयमा त सम्भव छैनन् । 

पूर्णिमा नभइ दशैँ सकिँदैन । देवीको आराधना चाहिँ नवरात्र सकिएपछि सकिन्छ । त्यही प्रसाद पछि लगाउने हो । यदि विजयादशमीको दिन बिहान १० बजेर ०२ मिनेटमा टीका लगाउन भ्याइएन भने जतिखेर लगाए पनि केही फरक पर्दैन । 

ज्यो. पं. सूर्यप्रसाद ढुङ्गेलसँगको थप कुराकानी बदलिँदाे नेपालमा सुन्नुहाेस् । 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सूर्यप्रसाद ढुंगेल

ज्यो. पं. सूर्यप्रसाद ढुंगेल नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक तथा सदस्य–सचिव हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया