गुल्मीमा जीप दुर्घटना : तीन जनाको ज्यान गयो, ६ जना घाइते

 असोज २९, २०७८ शुक्रबार ७:२३:४८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जीप गएराति रेसुङ्गा नगरपालिका १० अन्तर्गत पाँचरातेमा दुर्घटनामा परेकाे हाे । 

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा मुसिकोट नगरपालिका-२ जलजलेका ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र मुसिकोट नगरपालिका-३ चुँदारीकी १९ वर्षकी सङ्गिता सुनार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपाचन्द्र भट्टराईले जानकारी दिनु भएको छ । उनीहरुको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा गएराति नै ज्यान गएको हो ।

दुर्घटनामा परि जीप चालक कमल थापा, खिमा थापा, जुना थापा, सुमित्रा सुनार ,राधा के.सी र राजु थापा घाइते भएका छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ । दुर्घटनामा परि घाइते भएकाहरुमध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ । एक जनाको भने गुल्मी अस्पताल तम्घासमा नै उपचार भइरहेको छ ।

जीप अनियन्त्रित भइ सडकबाट ५ सय मिटर लत खसेको प्रहरीले जनाएकाे छ ।  

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया