केपी ओलीलाई मेटमणि चाैधरीकाे चुनाैती : ‘आउँदाे चुनावमा झापाबाटै जितेर देखाउनुस्’

 कात्तिक १, २०७८ सोमबार २०:२९:१५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष केपी ओली नै नेपालमा कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा उद्यत रहेको आरोप लगाउनुभएको छ । ओली कम्युनिस्ट आन्दोलन समाप्त गर्ने दिशामा  लागेपछि नेपालमा कम्युनिस्ट पार्टीको रूपमा एकीकृत समाजवादी पार्टी गठन भएको नेता चौधरीले बताउनुभयो ।  

एकीकृत समाजवादी पार्टी गुल्मीको प्रथम भेलालाई आज सोमवार सदरमुकाम तम्घासमा सम्बोधन गर्दै नेता चौधरीले देशको मुहार परिवर्तन गर्नका लागि एकीकृत समाजवादी पार्टीले नेपालमा रहेका कम्युनिस्ट पार्टीहरूसँग एकता गर्दै कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने दाबी गर्नुभयो । प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका चौधरीले केपी ओलीको पार्टीले आउँदो चुनावमा नागरिकसँग मत माग्ने नैतिकतासमेत गुमाएको टिप्पणी गर्नुभयो । 

ओलीले नेतृत्व गरेको पार्टीले आउँदो चुनावमा फेरि पनि नागरिकलाई झुक्याएर मत मागे पनि नागरिकले अब उनको झुट र भ्रमलाई साथ नदिने नेता चौधरीको भनाइ थियो । उहाँले केपी ओली नेतृत्वको पार्टी नेपालबाट चाँडै नै विलय भएर जाने तर्कसमेत गर्नुभयो ।  ओलीलाई कम्युनिस्ट पार्टीको नाम बिक्री गरेर झापाबाट पटक–पटक चुनाव जित्दै आएका भनेर आरोप लगाउँदै नेता चौधरीले आउँदो चुनावमा झापाबाटै चुनाव जितेर देखाउन चुनौती दिनुभयो । 

कार्यक्रममा पार्टीका केन्द्रीय सचिवद्वय भागवत विश्वासी, रामकुमारी झाँक्री, केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरे, लुम्बिनी प्रदेश मन्त्री रमा घर्ती लगायतले सच्चा कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न एकीकृत समाजवादी नै एउटा मुख्य शक्ति भएको बताएका थिए ।  

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Gambhir Air

    Oct. 18, 2021, 9:12 p.m.

    ठुलो भाग खान गएको यत्रो पायेउ । अब ठुला कुराको अर्थ छैन साथी ।

  •  0 Reply

तपाईको प्रतिक्रिया