सीमापारि बजारमा नेपाली ग्राहक भारु १ सयको १ सय ६६ रुपैयाँ ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - ढकमक्क फुलेका फूलले कसलाई नलोभ्याउला ? ढकमक्क फुलेका फूलले आँखालाई आनन्द दिन्छ भने मनलाई शान्ति । अहिले ललितपुरको जावलाखेलमा ओहोरदोहोर गर्नेहरु पनि ढकमक्क फुलेका फूल देखेर एकैछिन टक्क अडिएर फूल हेर्छन्, सुम्सुम्याउँछन् र फोटो खिच्छन् ।
शुक्रवारदेखि सुरु भएको पुष्प प्रदर्शनीले जावलाखेलको खेल मैदानलाई ढकमक्क ढाकेको छ । प्रदर्शनीमा राखिएका फूलले अवलोकनकर्तालाई आकर्षित गरेको छ । अबको चार दिनसम्म जावलाखेलको खेल मैदानमा यस्तै ढकमक्क फुलेका सयपत्री, गोदावरीलगायत फूल हेर्न र किन्न पाइन्छ ।
तिहार नजिकिएसँगै फूलको प्रवर्द्धन गर्ने उद्देश्यले जावलाखेलमा पुष्प प्रदर्शनी सुरु भएको हो । दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एसाेसिएशन नेपालले आजदेखि सोमवारसम्म ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ सुरु गरेको हो ।
पुष्प प्रदर्शनीमा ४८ स्टल छन् । प्रदर्शनीमा सहभागी नर्सरी व्यवसायीलाई प्रतिस्पर्धा गराइ उत्कृष्टलाई पुरस्कृत गरिने छ । झण्डै ३५ हजारभन्दा धेरैले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीमा ५० लाख रूपैयाँकाे कारोबार हुने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा स्वदेशमा व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूलका बिरुवाको बिक्री समेत गरिनेछ।
तस्बिर : विकास गाेले
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।