काठमाण्डौको मौसम धुम्म, बेलुका हल्का पानी पर्ने

 पुष २३, २०७८ शुक्रबार १२:५१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकाको मौसम धुम्मिएको छ । बिहान एकै छिन् घाम लागे पनि फेरि बादल लागेको छ । मौसमविद् राजु प्रधानांगकाअनुसार काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश २ मा मौसम धुम्मिएको छ ।  

वाग्मती र गण्डकी प्रदेशको धेरैजसो क्षेत्रमा बादल लागेको छ भने लुम्बिनीको पूर्वी क्षेत्र र प्रदेश २ को पश्चिमी क्षेत्रमा बादल लागेको मौसमविद् प्रधानांगले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा बादल आउने क्रम बढेकाले आज मौसम खुल्ने सम्भावना खासै नभएको उहाँले बताउनुभयो । तर, दिउँसो तीन, चार बजे भने केहीबेर मलिनो घाम लाग्न सक्ने अनुमान छ ।

आज बेलुका काठमाण्डौ उपत्यकामा हल्का पानी पर्ने सम्भावना पनि रहेको मौसमविद् प्राधानांगले बताउनुभयो । अहिले देशको पूर्वी क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षा भईरहेको छ । भोली र पर्सी पनि देशका केही ठाउँमा हल्का पानी पर्ने पूर्वानुमान गरिएको मौसमविद्ले बताएका छन् । भोलि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । अस्ति बुधबारदेखि देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ । यो प्रणाली गएको हप्ताकोजस्तो शक्तिशाली नभएकाले ठूलो पानी भने नपर्ने मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया