शुक्रवारदेखि मौसम सुधार हुँदै जाने सम्भावना

 माघ १२, २०७८ बुधबार २०:२८:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आउँदाे शुक्रवारदेखि क्रमिक सुधार हुने भएको छ । याे मौसमी प्रणाली शुक्रवारदेखि कमजोर हुने देखिएकाले मौसममा क्रमिक सुधार हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । ‘बिहीवारसम्म देशभर आंशिकदेखि सामान्य बदली नै रहन्छ’, उहाँले भन्नुभयो । 

विभागले आउँदाे २४ घण्टाका लागि चेतावनी तथा परामर्शसहितकाे विज्ञप्ति निकालेर सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै ठाउँमा र बाँकी प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेकाे जनाएकाे छ । साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ । 

अहिले देशको सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । 

भाेलि बिहीवार प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रही देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया