पहाडी क्षेत्रकाे मौसम आंशिक बद्ली : बिस्तारै सुधार हुने क्रममा

 माघ १४, २०७८ शुक्रबार ७:३२:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - अहिले देशका पहाडी क्षेत्रमा मौसम आंशिक बद्ली भएको छ । तराईका केही भागमा हुस्सु र कुहिरो लागेको छ ।

देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बद्ली रहने अनुमान छ ।

ती क्षेत्रका एक/दुई ठाउँमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना छ । केही दिनदेखि प्रभावित रहेको मौसम बिस्तारै सुधार हुँदै जानेक्रममा रहेको महाशाखाका मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

तराईको हुस्सु र कुहिरो हट्न भने केही दिन लाग्नेछ । चिसो कायमै रहेकाले जोगिन पनि महाशाखाले अनुरोध छ ।

 यसैबीच चिसोका कारण हिमाली जिल्ला मनाङका गाउँबस्ती सुनसान बनेका छन् । चिसो छल्न मनाङका बासिन्दा काठमाण्डौ, पोखरा, चितवन, लमजुङ लगायतका जिल्लामा झरेका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार ५० प्रतिशतभन्दा धेरै नागरिक जिल्ला बाहिर गएकाले बस्ती सुनसान देखिएको छ । जिल्ला छाडेकाहरु माघको अन्तिम र फागुन पहिलो हप्ता गाउँ फर्कने गर्छन् ।

नागरिक नभए पनि सरकारी कार्यालय भने खुला रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

अन्तिम अपडेट: कात्तिक ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया