गुल्मीमा रोकी राखेको एम्बुलेन्समा अचानक आगजनी

 फागुन ४, २०७८ बुधबार १०:५१:३३ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकामा रोकी राखेको एम्बुलेन्समा अचानक आगजनी भएको छ । मुसिकोट नगरपालिका ४ अन्तर्गत डाँडाथोकमा चालकले आफ्नै घरमा रोकेर राखेको लु २ च २३७८ को एम्बुलेन्समा गए राति साढे १० बजे आगजनी भएको एम्बुलेन्स चालक शंकर बगालेले बताउनु भएको छ ।

आगलागी भएको थाहा पाएपछि स्थानीयहरुले तत्कालै आगो निभाएका थिए । आगलागीबाट एम्बुलेन्सको इञ्जिनमा पूर्ण रुपमा क्षति भएको छ । उक्त एम्बुलेन्स मुसिकोट नगरपालिका अन्र्तगत ३ र ४ नम्बर वडामा रहेका भारतीय भूतपूर्व सैनिकहरुको सहयोगमा खरिद गरेर वडा गाउँ स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेका थिए । 

घटनाको जानकारी पाएपछि अहिले प्रहरी टोली घटना स्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभएको छ । उहाँले प्रहरी घटना स्थलमा पुगेपछि घटनाको बारेमा थप अनुसन्धान गरिने  बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया